काठमाडौं । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १६.५४ अंक बढेर १८६६.३४ विन्दुमा पुगेको हो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ।

आज शेयरबजारमा अघिल्ला दिनको तुलनामा कारोबार रकम घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।