काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारण सभाबाट बैंकका कर्मचारी सञ्चालक लगायतको विभिन्न सेवा सुविधामा हेरफेर गरेको छ ।
बैङ्कले आफ्नो १७औंं वार्षिक साधारण सभाबाट समितिको बैठक भत्ता बढाइएको छ । यस अघि सञ्चालक समितिको बैठक भत्ता अध्यक्षलाई प्रति बैठक भत्ता बापत रु १७ हजार र अन्य सञ्चालकलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँ प्रदान गर्दै आएको थियो ।
अहिले साधारण सभाबाट उक्त सुविधा बढाएर सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र अन्य सञ्चालक समितिलाई प्रति बैठक भत्ता २५ हजार रुपैयाँ पुर्याइएको छ ।
त्यसै गरी यस अघि सञ्चालकहरूलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुविधा भत्ता बापत मासिक रूपमा १० हजार प्रदान गरिँदै आएकोमा अहिले बढाएर उक्त सुविधामा ५० हजार रुपैयाँ पुर्याइएको छ ।
ग्लोबल आइएमई बैंकका सिइओले आर्थिक वर्ष २०७९/८० मा १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ तलब भत्ता बुझेका छन् । बैंकको सिइओमा रत्न राज्य बज्राचार्य रहेका छन् ।
सिइओ बज्राचार्यले तलब ७५ लाख ९६ हजार, भत्ता ५० हजार ४० हजार, सञ्चय कोष ७ लाख ५९ हजार ६ सय, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशैं भत्ता १० लाख ५३ हजार रुपैयाँ बुझेका हुन् ।