काठमाडौं । टिकटकको विकल्पमा उदायएको नेपाली एप रमाइलोको डेटा लिक भएको छ । डेड्लिविपन १३३७ (Deadlyweapon) नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा शुक्रवार रमाइलो एपको डेटा लिक गरेका हुन् ।
२० हजार प्रयोगकर्ताको संवेदनशील डेटा लिक भएको हो । विशेषगरी उनीहरूको युजरनेम, ईमेल एड्रेस, नाम र युजरआईडी र फोन नम्बर जस्ता विवरण लिक भएको पार्ईएको छ। । त्यस्तै उनीहरूको अकाउन्टमा अपलोड भिडिओको सङ्ख्या, वालेटमा रहेको रकम, खरिद गरेको गिफ्ट जस्ता विवरण समेत लिक भएको link मा समावेश छन् ।
त्यसको साथै रमाइलो एपमा प्रयोगकर्ताले राखेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्कको विवरण पनि बाहिरिएको छ