काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ५ महिनाको अवधिसम्ममा सरकारी वित्त घाटामा रहेको तथ्याकंमा उल्लेख छ ।
उक्त अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको देखिएको होमङ्सिरसम्ममा सरकारले कुल ३ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व उठाएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य मध्यममा हालसम्ममा २५.५५ प्रतिशत उठेको हो । बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
मङ्सिरसम्ममा सरकारको अन्य आम्दानीसहित कुल आम्दानी ३ खर्ब ८३ अर्ब रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको खर्च भने ४ खर्ब ५२ अर्ब भएको छ । चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये अहिलेसम्मको खर्च २५.८७ प्रतिशत हो ।
यता, सोही समयको अवधिमा कुल वार्षिक लक्ष्यको ११.९४ प्रतिशत पुँजीगत खर्च भएको छ भने ३१.५३ प्रतिशत चालुगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ ।
त्यस्तै, वित्तीय खर्च अन्तर्गत ३ खर्ब ७ अर्ब हुने अनुमान राखिएकोमा अहिलेसम्म महिनामा १८.५२ प्रतिशत मात्रै वित्तीय खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।