काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न शाखाको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ ।
आज बिहान एउटा आह्वान पत्र जारी गर्दै बैंकले कमलादी शाखा तथा धनगढी शाखाको धितोमा रहेको विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको छ।
सो सम्पत्ति जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न इच्छुकले सात दिनभित्र तोकिएको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।