काठमाडौं । मुक्तिनाथ विकास बैंकले पौने ७ करोड रुपैयाँ कर बुझायो मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ ।

मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त रकम समेतलाई आयमा समावेश गरी उक्त रकम ठूला करदाता कार्यालयमा कर तिरेको बैंकले आज एक जानकारीपत्र मार्फत जनाएको छ ।