काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब रूपैयाँ नाघेको छ। विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक मात्रामा तरलता देखिएको हो ।
नेपाल राष्ट्र बैंकको जानकारी अनुसार गत मंसिर २८ गतेसम्ममा बैंकिङ प्रणालीमा ६० खर्ब ३ अर्ब निक्षेप रहेको छ । गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाले ६० खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षमा बैंकहरूमा २ खर्ब ३२ अर्ब निक्षेप थपिँदा कर्जा भने १ खर्ब १४ अर्ब रुपैयाँले मात्र बढेको छ ।
हालसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४९ खर्ब ९२ अर्ब रूपैयाँ बराबर कर्जा लगानी गरेका छन्। कर्जा निक्षेप अनुपात ८.३६ प्रतिशत छ। रेमिटेन्समा भइरहेको सुधारले निक्षेप बढेको हो । राष्ट्र बैंकका अनुसार पछिल्लो चार महिनामा मासिक १ खर्ब रूपैयाँभन्दा धेरैले रेमिटेन्स नेपाल भित्रिरहेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा प्रवाह बढाउन नीतिगत दरहरू घटाइसकेको छ । चालू आवमा कर्जा प्रवाह ११.५ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरिएकोमा २०८० असोज मसान्तमा ४.८ प्रतिशतले मात्र वृद्धि भएको छ । राष्ट्र बैंकले नीतिगत दरहरू घटाएसँगै बैंक, वित्तीय संस्थाहरूले पनि निक्षेपको ब्याजदर घटाउँदै कर्जा बढाउन जोड दिएका छन् ।बैंकहरूले आकर्षक योजना ल्याइरहँदा पनि कर्जा प्रवाह भने बढ्न भने सकेको छैन ।