काठमाडौँ । भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो गाँजासहित २ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत सम्बल बस्दै आएका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम भित्र बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
उक्त बरामद गरिएको गाँजा सहित चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।