काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।
राष्ट्रबैंकको चौमासिका तथ्यांक अनुुसार सञ्चालमा रहेका २० वाणिज्य बैंकमा १९ वटाले उक्त रकम सेयर धितोमा कर्जा दिएका छन् त्यसमध्येमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन ।
चौमासिक समयमा सेयर धितोमा सबैभन्दा बढी कर्जा दिनेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम कर्जा दिनेमा नेपाल एसबिआई बैंक रहेको तथ्यांकमा उल्लेअ छ। नबिल बैंकले बैंकले १० अर्ब ९४ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबर कर्जा दिएको छ ।
त्यस्तै नबिल पछि सेयर धितोमा धेरै कर्जा दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले चार महिनाको अवधिमा ६ अर्ब २९ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएको छ । कात्तिक मसान्तसम्म सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५२ लाख, सिटिजन्स बैंकले ३ अर्ब ९१ करोड, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५६ लाख, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।
यस्तै एनआईसी एशिया बैंकले ४ अर्ब ६४ करोड ४४ लाख, नेपाल बैंकले ४ अर्ब ४५ करोड ३७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड ३६ लाख, प्राइम बैंकले ४ अर्ब १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् । यस्तै हिमालयन बैंकले २ अर्ब ५२ करोड ३४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ कर्जा दिएका छन् ।
राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले १ अर्ब ३६ करोड सानिमा बैंकले १ अर्ब २२ करोड ३३ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९१ लाख, एनएमबि बैंकले १ अर्ब ६ करोड ४६ लाख, माछापुच्छ«े बैंकले ४९ करोड ८४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् भने नेपाल एसबिआई बैंकले २ करोड ३९ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।
सेयर धितो कर्जा लिँदा व्यक्तिगत रुपमा समग्र बैंक तथा वित्तीय संस्थाबाट १५ करोडसम्म र संस्थागत रुपमा अधिकतम २० करोडसम्म कर्जा लिन सकिने व्यवस्था छ ।