काठमाडौं । लमो समयदेखि किसानले उखुको उचित मूलय नपाएको कारण विभिन्न स्वरुपमा आन्दोलन नै गर्दै आईरहेका छन् । तर यस वर्षभने सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको हो । उद्योगीले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ तोकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जनाएकी छिन् ।

उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो । आज सरकारले ६ सय ३५ रुपैयाँ मूल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन् ।यसबाट उखु किसानलाई प्रत्यक्ष लाभ हुने धेरैको आलकन छ ।