काठमाडौं । नेपाल सरकारले (भोली) बिहीबार ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत नेपाल सकारको ७ अर्ब आन्तरिक ऋण उठाउन लागेको जनाएको छ ।

विकास ऋणपत्र २०८५ ‘ट’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको अवधि ६ वर्षको रहेको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले बताँएको छ ।

उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् ।