काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ।
कारोबारको अघिल्लो दिन अर्थात मंगलबारका दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३७ करोड २४ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
शेयर बजार बढेसँगै शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज प्रतिकत्ता ६१३ रुपैयाँका दरले ३७ करोड रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको २० करोड १५ लाख रुपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको १८ करोड रुपैयाँको कारोबार भएको छ ।