काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । सिमेन्ट कम्पनीको ३७ करोड २४ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा सोल्टी होटलको रहेको देखिन्छ जसको कारोबार २४ करोड ५३ लाख ७७ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको २० करोड १५ लाख २४ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको प्रमोटर सेयरको १८ करोड १३ लाख २३ हजार रुपैयाँ र नेपाल एन्फास्टक्चर बैकको १७ करोड ५४ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।
बिस्तृतमा हेर्नुहोस्