काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) गत आर्थिक वर्ष २०७९र ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट बितरण गर्ने ५.२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र सरकारले स्वीकृति दिएपछि सेयरधनीले पाउने छन् ।
यसैगरी, कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
आगामी पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।