काठमाडौं । यही महिना १३ गतेदेखि अपर तामाकोशी हाइड्रोपावरले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गर्नेछन् । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

लिलामी सेयरमा आवेदन दिन सनराईज बैंक , क्यापिटल लिमिटेड , लक्ष्मी सनराईज बैंक लिमिटेका शाखा कार्यालयहरु क्रमश जनकपुर हेटौंडा , नाराणघाट , पोखरा बाग्लुुङ , बुटवल , नेपालगञ्ज , सुर्खेत , धनगढी, जनकपुर र चरिकोटबाट सकिने छ ।