काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिताराम थापा र सन्दीप क्षेत्री लाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।

पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले उनीहरूलाई रिक्त रहेको सञ्चालक पदमा चयन गरेको  इन्स्योरेन्सले जनाएको छ ।

कम्पनी सञ्चालक समितिमा संस्थापक समूह तर्फबाट आईजिआई प्रूडेन्सियल इन्स्योरेन्स (साबिकको आइएमई जनरल इन्स्योरेन्स) र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाएपछि २ वटा सञ्चालक पद रिक्त रहेका थिए ।