काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरेकी छन्।

साउन २९ गतेबाट मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री देवीले पदभार ग्रहण गरे पछिका एक सय दिनमा यस मन्त्रालयले हासिल गरेका मुख्य उपलब्धीहरू पत्रकार भेटघाटको आयोजना गरी सार्वजनिक गरेकी हुन्।

मन्त्री देवीले प्रस्तुत गरेका उपलब्धिहरूमा निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता भएको, सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा उपर लोकसेवा आयोगको राय सहित नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई संघीय संसदमा विधेयक पेश गर्ने अवस्थामा रहेको, फोहोरमैला सम्बन्धी कानून निर्माणको लागि विधेयकको मस्यौदा तयार भईरहेकोमा नेपाल सरकार कार्य विभाजन नियमावलीमा संशोधन भए बमोजिम उक्त कार्य शहरी विकास मन्त्रालयमा हस्तान्तरण भएको लगायत छन्।

यस्ता छन् मन्त्री देवीका उपलब्धि