काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि माघ ८ गते सकिने भएको छ ।

लक इन अवधि खुलेपछि शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ। कम्पनीको संथापकतर्फको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८१९ कित्ता र ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २५० कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई २०७७ माघ ९ गते सेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । उक्त लक इन अवधि आगामी माघ ८ गते सकिन लागेको हो ।