काठमाडौँ । लघुवित्त बैंकर्स सङ्घको नयाँ नेतृत्वका लागि आज (शुक्रबार) काठमाडौंमा निर्वाचन हुँदै छ ।
लघुवित्त वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको सङ्गठन ‘नेपाल लघुवित्त बैंकर्स सङ्घ’ को आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभासहितको विशेष अधिवेशन होटेल एभरेस्ट काठमाडौँकोमा सुरु भएको छ।
सोही अधिवेशनले सङ्घको नयाँ कार्यसमिति समेत चयन गर्ने संघले जनाएको छ । सङ्घको भावी नेतृत्वका लागि वसन्त लम्साल र रामबहादुर यादवले अध्यक्षमा आकांक्षा देखाएका छन् ।
विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल सङ्घका पूर्व अध्यक्ष हुन् भने वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष यादव नेसनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत छन् ।