काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिएको छ । सो गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत हर्षोल्लासका साथ मनाइने महान चाड क्रिसमसको उपल्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।