काठमाडौं । आज पुस ८ गते आइतबार मञ्जुश्री फाइनान्स लिमिटेडको ५.२५३ प्रतिशत नगद लाभांश हात पार्न सेयरधनी बन्ने अन्तिम मौका हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते, बुधबार बुक क्लोज गर्ने भएको छ । पुस ९ र १० गते क्रमशः क्रिसमस-डे र उधौली पर्वको अवसरमा सार्वजनिक विदा छ । त्यसैले यी २ दिन सेयर बजार पनि बन्द रहन्छ ।

तसर्थ, आजसम्म कायम सेयरधनीले यस फाइनान्सको लाभांश हात पार्न सक्नेछन् । यो कम्पनीले पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।