काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

आज बसेको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

दीपककुमार कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश भएका बेला पनि कुँवर उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।

त्यतिबेला उनले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए । परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।