काठमाडौं । वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ ।

शुक्रबार द सोल्टी आयोजित आइसिटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएको भन्‍दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्डसँगै उनलाई नगद रू ३ लाख रूपैयाँ प्रदान गरिएको छ ।

जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् । साथै उनले प्रविधिमार्फत समाज परिवर्तन गर्दै क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए ।