काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी पुस २९ गते कम्पनीको मुख्य कार्यालय त्रिपु्रेश्वरमा सभा बोलाएको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
कम्पनीले वार्षिक साधारण सभाका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।