काठमाडौँ। किसान होल्डिङ लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित यहीँ महिना पुस २८ गते शनिवारका दिन साधारणसभामाको आह्वान गरेको छ ।
सभा काठमाडौँ महानगरपालिका वडा नं १ स्थित हेरिटेज प्लाजामा अपराह्न १ बजेदेखि सुरु हुनेछ । सभामा आइपिओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारित हुनेछन् ।
सभाले आइपिओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्तिसहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।