काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक सेयर धनी बनेको छ ।
कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै सेयर धनी बनेको हो । यसअघि बैंकको संस्थापक सेयर धनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार ११६ कित्ता शेयर सगरमाथा लुम्बिनीले खरिद गरेको थियो ।
त्यस्तै, साविक सिभिल बैंकको संस्थापक सेयरधनी रहेको यश्वस्विका इन्टरनेशनल प्रा.लि.को स्वामित्वमा रहेको १५ लाख ९० हजार कित्ता शेयर रिता मल्लले खरिद गरेकी छिन् । त्यसै गरी, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता शेयरमध्ये आशिष श्रेष्ठले १ हजार कित्ता र राम प्रसाद आचार्यले ५१ हजार ९१० कित्ता सेयर खरिद गरेको बैंकको भनाई छ।