काठमाडौैं । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै प्रकाश शरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन्  ।

३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को बर्षबाट बहु वर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’ मन्त्री महतले भनेका छन् ।

अर्थतन्त्रको आवश्यकता अनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर हामीले निरन्तर पहल ग¥यौं । अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित रहेको उनले भनेका छन् ।

कार्यक्रममा मन्त्री डा.महतले चितवन गतिशील जिल्ला भएको समेत  बताएका छन्। यहाँका आदिवासी थारुहरूको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रीतिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजन्तु, थारुहरूको संस्कृति र परम्परा यहाँको आकर्षण बनेको बताएका छन् ’

अहिले आर्थिक सूचकहरू बिस्तारै सकारात्मक हुँदै छन् । अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ मन्त्री डा.महतले अपेक्षा सहितको भनाई राखेका छन्।

उनले भने , ‘शेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दै छ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरूलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि बिस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेस व्यापारको लागत कम गर्नेछ ।’

नागरिक समाज, संचारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकारात्मक डिकोर्षको आवश्यकता छ । यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकारात्मक भाष्य त्यागेर सकारात्मकतर्फ लाग्नुपर्छ । तथ्याङ्कले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको मन्त्री डा.महतको भनाइ थियो ।

उनले थपे नेपालको जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउँछ । अवसर यही छ, युवाहरूले सूक्ष्म दृष्टिले यहाँका अवसरहरू खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यही छ ।’  पूर्व–पश्चिम राजमार्ग अब ६ लेनको बन्दै छ । यसले यातायात लागत कम गर्ने र पर्यटनलाई सहयोग गर्नेछ । हेटौडासम्मको फास्ट ट्रयाक बनिसकेपछि काठमाडौँबाट डेढ घण्टामै पूर्व चितवन आइपुगिने महतको भनाई छ ।

‘निकुञ्ज र यस वरिपरि बस्ने जनताको भविष्यसँग जोडिएको छ । दुवैको विकास सँगसँगै जानुपर्छ । निकुञ्ज जनताका लागि र जनता निकुञ्जका लागि भन्ने मान्यता सरकारले अगाडि बढाउँछ । ०२९ सालको ऐन परिवर्तन हुन्छ’ मन्त्री डा.महतले भने, ‘निकुञ्ज र पर्यावरणको नाममा आएको पैसा एड्भोकेशी र रिर्पोट तयार गर्ने नाममा उतै फर्किन्छ । अब एड्भोकेशी र रिर्पोटको थप आवश्यकता छैन । निकुञ्ज र पर्यावरणको नाममा आएको पैसा उतै जाने विधि हामी मान्दैनौँ ।’

वन्यजन्तु तीन गुणा वृद्धि भएकाले मानिस र वन्यजन्तुको द्वन्द्व बढेको मन्त्री डा.महतले बताएका छन्।