काठमाडौं । आज बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।