काठमाडौँ । जीवन बीमा अभिकर्ताहरूको परीक्षा आजदेखि सञ्चालन गरिएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरूको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो ।
करिब एक हप्ता अगाडि नै बीमा प्राधिकरणले आफ्नो आधिकारिक वेबसाइट मार्फत जीवन बीमा अभिकर्ताहरूको अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेको थियो ।
सोही तालिका अनुसार परीक्षा सञ्चालन भएको छ । सार्वजनिक तालिका अनुसार प्राधिकरणले आज पुष ११ देखि पुस १३ गतेसम्म बिहान ८ः३० बजेदेखि १० बजेसम्म जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ।