काठमाडौँ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदको लागि न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आज पुस ११ गतेदेखि १९ गते बिहीबारसम्म आवेदन दिन सकिने कम्पनीको भनाई छ । छन् ।
बैंकको संस्थापक सेयरमा संस्थापक शेयर धनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छन् । लगानीकर्ताले एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथलीबाट आवेदन दिन सक्ने छन् ।
बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता सङ्ख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने कम्पनीको सूचनामा उल्लेख गरिएको छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर सङ्ख्याको लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ ।