काठमाडौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीको जलविद्युत आयोजना पहिरोले बगाएपछि साधारणसभाका निमिक्त म्याद थप गर्न कम्पनीले समय माग गरेको छ ।

कम्पनीले निर्माण गरी सञ्चालमा ल्याएको अपर हेवाखदोला साना जलविद्युत आयोजनामा असार २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएकाले साधारण सभा समयमा नै गर्न नसक्ने सूचनामा उल्लेख छ ।

बाढीले पुर्याएको क्षति र पुनः निर्माण कार्य भइरहेको र बीमा दाबीको टुंगो नलागेको भन्दै साधारणसभा गर्ने म्याद तीन महिना थप्न माग गरेको जनाएको छ । सामान्य अवस्थामा पुस मसान्तभित्र साधारणसभा गरि सक्नुपर्ने व्यवस्था रहेको छ।