काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरको अन्तिमसम्ममा उल्लेखित संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन्।
गत आर्थिक बर्ष २०७९/८० मा दुई हजार ९९४ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका थिए । जसमा नयाँ १ हजार ३६९ जना र श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६२५ जना रहेको थियो । यस्तै, आर्थिक बर्ष २०७८/७९ मा यो सङ्ख्या दुई हजार १८१ जना थियो ।
यसरी तथ्याङ् हेर्ने हो भने स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको देखिएको छ ।
यता, ५ महिनाको अवधिमा रोजगारको लागि झण्डै ३ लाख नेपाली नागरिक कामको खोजीमा विदेशिएका छन् । विभागका अनुसार यस अवधिमा ५४५ जना गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको छ ।
तथ्याङ्क अनुसार मङ्सिर महिनामा मात्र ११० जना गैर नेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन् । यस महिनामा १५९ जना गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको विभागको तथ्यांकमा उल्लेख छ । मङ्सिर सम्म थप एक ट्रेड यूनियन महासंघ दर्ता भएको छ ।
दुई वटा ट्रेड युनियन दर्ता भएका छन् । ट्रेड युनियन नवीकरणको सङ्ख्या ७ रहेको छ । यो अवधिमा २ वटा औद्योगिक दुर्घटनाको उजुरी आएको विभागले जनाएको छ ।
विभागमा श्रमिकबाट ३८७ दाबी उजुरी र ७३ वटा सामूहिक उजुरी परेको छ । यो अवधिमा २३६ वटा श्रमिक आपूर्तिकर्ताको इजाजत नवीकरण भएको छ ।