काठमाडौं । पूर्व गर्भनर तथा अर्थविद् समेत रहेका दिपेन्द्र बहादुर क्षेत्रीले नेपालको शेयर बजारले अर्थतन्त्रमा सुधार ल्याउने कुरा मजाकको विषय भएको बताएका छन् ।
अर्थतन्त्रको सवालमा निकै लामो अनुभव सँगालेको क्षेत्रीले शेयर बजारले अर्थतन्त्र चलायमान बनाउँछ भन्ने विषय हास्यास्पद रहेको बताएका छन् । पौष १० गते मङ्गलवारका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा ८० को दशक तीव्र विकासको दशक भएको र सरकारले काम बाहेक अन्य विषयलाई महत्त्व नदिने बताएको भए पनि जनता माथिको सबैभन्दा ठुलो भ्रम छर्ने काम त्यहीँ भएको उल्लेख गरेका छन् ।
उनी भन्छन् ,प्रधानमन्त्री ज्यू ले हिजो मात्रै काम र विकास नभएको खण्डमा म पनि पदमा बसिरहनुको अर्थ छैन भनेर उद्घोष गर्नुभयो यो राजनीतिक रूपमा सामान्य प्रतिबद्धता होइन। यो भनाईलाई टेकेर बजार चल्ने हो भने त आज शेयर बजार ह्वात्तै माथि जानुपर्ने हो तर किन अधिकांश सूचक राताम्मे भए र दोहोरो अकंले शेयर बजार घट्यो ? हामीले सोच्नुपर्दैन ?
त्यसकारण अर्थतन्त्र कामले चलायमान हुने हो गफ र तर्कले होइन , अर्थतन्त्र लयमा ल्याउन ठिक ढङ्गको क्याल्कुलेसनको आवश्यकता छ । सीमित पुँजीपति जोडिएको शेयर बजारको इडेक्सको रेसियो हेरेर समग्र देशको अर्थतन्त्र मुल्यांकन गर्ने जस्तो कुरा मूर्खता सिवाय केही होइन । एउटा सामान्य मान्छेलाई पनि लाग्छ कि दुई दिन निरन्तर रूपमा बजार बन्द भएपछि तेस्रो दिन कम्तीमा पनि बजार बढ्छ, कारोबारमा लगानीकर्ता झुम्मिन्छन् भनेर तर त्यस्तो समेत भएन आज पनि नेप्से इन्डेक्स घटेको छ ।
वास्तवमा हिजोको प्रधानमन्त्री ज्यू को तर्कको आधारमा त बजारमा आज उठलपुठल आउनुपर्ने थियो उहाँले चारैतिर सप्रेको, बनेको, बढेको, देखाएर सम्बोधन सक्नुभयो तर किन बढेन त आजको शेयर बजार क्षेत्रीले प्रश्न उठाएका छन् ।
पुर्ब गभर्नर क्षेत्रीले केही मिडिया र मिडियाकर्मीले तथ्यलाई लुकाएर ढाकछोप गरेर गलत किसिमले समाचार प्रकाशन गरेको आरोप लाउँदै तथ्यलाई लुकाएर जनतामा भ्रम छर्न नहुने बताएका छन् । उनी थप्छन् बैंकको ब्याजदर घट्यो ,लगानीको बाटो खुल्यो ,लागत कम भएको छ। त्यसकारण मूल्य कम हुन सक्दछ भनेको विषयलाई मूल्य नै घट्यो भनेर केही मिडियाले हल्ला फिँजाएको आरोप लाएका छन् ।
क्षेत्रीले आफ्नो भनाईमा थप जोड दिंदै भन्छन् :- दोहोरो अङ्कले बजार घट्ने काम निरन्तर हुने देख्छु म त किनकि शेयर बजारले निर्दिष्ट किसिमको सिद्धान्तको परिपालना नै गरेको अवस्था छैन ,एक दुई दिन बढाएर जनतालाई लोभ्याउने काम गरेको उनको आरोप छ। नेपालमा अनावश्यक रुपमा बिदा दिएको कारण पनि बजार निरन्तर रूपमा चलायमान हुन नसकेको उनको भनाई छ ।
शेयर बजार तत्कालीन अवस्थामा ठुला घरानाका व्यापारीको हितमा छ। उनीहरूकै आवश्यकता र स्वार्थमा बजार बढ्ने घट्ने गरेको छ । शेयर बजारमा लगानी गर्नु भनेको बैंक सहकारी लघुवित्त वा समग्र वित्तीय संस्थाको पुँजी बढाउनु हो अनि हालसम्म भागेका, लुकेका, छलेका बैंक सहरकारीको इतिहास भुलेर कसरी अर्थतन्त्रमा विकास हुन्छ भन्न सकिन्छ? यो त सबैभन्दा ठुलो भ्रम हो नाटक हो।
सामान्य जनताको रोजीरोटीबाट बचेको पैसाले आजको बैंक वित्तीय संस्था टिकेका छन् अनी फेरी उनैले देशको अर्थतन्त्र सम्हाल्न सक्छन् भनेर विश्वास गर्नु हाम्रो मुर्खता हो । तसर्थ जबसम्म उत्पादनसँग आधुनिकतालाई जोडेर अगाडि बढ्न सकिँदैन तबसम्म हाम्रो अर्थतन्त्रको अवस्था यस्तै ढुलमुले नै रहिरहन्छ । नेपालमा भएको सबै जनसङ्ख्या आईपीओको पहुँचमा छ ? क्षेत्रीले आक्रोश पोखेका छन्
उनी थप्छन् शेयर बजारले तात्त्विक रूपमा असर गर्दैन हिजोको समयमा ३२ सयको रेसियोमा शेयर बजारको इन्डेक्स पुगेको थियो के त्यो समय नेपालको अर्थतन्त्रमा सहजता आएको थियो र उनले प्रश्न गरेका छन् । नेपालले शेयर बजार बढेको बेला होस् वा शेयर घटेको बेला आयात गर्ने कुरामा कमी आएको थियो र उनले एकपछि अर्को प्रश्न खडा गरेका छन् । यो त त्यही चक्रमा खेल्नेहरूका लागी अलि अलि सहयोगको पाटो हो यसलाई मेजर सम्झेको दिनसम्म न त अर्थतन्त्रको विकास हुन्छ न त नेपालको नै तसर्थ हाम्रो मुख्य उदेश्य र लक्ष्य उत्पादमा जोडिन आवश्यक छ पूर्व गभर्नर क्षेत्रीले भनेका छन्।