काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख ४० हजार १६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले सिर्जना पनेरु न्यौपानेको नाममा रहेको ३ लाख ३३ हजार ७०२ कित्ता, हरि बहादुर थापाको नाममा रहेको १ हजार ५० कित्ता र तर्क बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार ५६४ कित्ता सेयर बिक्रीमा ल्याएको उल्लेख छ ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । सेयरमा आम सर्वसाधारणले भने आवेदन दिन नपाउने भएका छन्। संस्थापक सेयरधनीले ३५ दिनभित्र क्यापिटल लिमिटेड लिमिटेड नक्साल नागपोखरीमा सम्पर्क गर्न सक्ने छन् ।
३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा भने अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले सूचना मार्फत उल्लेख गरेको छ ।