बिहिबारको दिन सर्वाधिक महंगो मूल्य कायम गरेर रेकर्ड बनाएको सूनको मूल्य आज शुक्रबारका दिनभने रेकर्ड मूल्यबाट घटेको छ।
काठमाडौं । बिहीबार प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सूनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला सूनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सूनको मूल्य १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार तेजावी सूनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ तोकिएको थियो । महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी १ हजार ४९० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुन २ हजार ७० दशमलव २८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ ।