काठमाडौं । जावलाखेलमा आज एक दिने बृहृत ‘च्याउ’ मेला तथा परिकार महोत्सव’ सञ्चालन भइरहेको छ।

च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसर पारेर आज च्याउ प्रवर्द्धनका लागि ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गरेको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना भएको उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू राखिएको छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु भएको थियो र बेलुकी ५ बजेसम्म चल्ने आयोजकको भनाई छ ।

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएको छ। साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनी भएको छ ।

राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमसमेत भइरहेको सो महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था पनि गरिएको च्याउ उत्पादक किसान संघ नेपालले बताएको छ ।
                                     

                                        तस्विरमा हेर्नुहोस्