काठमाडौं । आज पुस १६ गते सोमबार सातोको दास्रो दिन कारोबारको पहिलो दिन नेप्से ओरालो लागेको छ ।

सोमबारका दिन सेयर बजारमा गिरावट आएसँगै बजार ८.७५ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ ।

आज कम्पनीको २० करोड १३ लाख ७३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको २० करोड १२ लाख २३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख ७० हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १० करोड ८२ लाख ५६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९१ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।
 विस्तृतमा हेर्नुहोस्