काठमाडौं । साताको दोस्रो दिन कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार ८.७५ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजारको कारोबार भएको छ ।

बजारमा गिरावट आएसँगै आठ वटा उपसूचकमा राताम्मै भएको छ । आज मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.०९ प्रतिशतले घटेको छ ।

त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.५९ प्रतिशत, मैलुङखोला जलविद्युतको ६.५५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ६.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

भने यता सेयर बजारमा गिरावट आउँदा सिइडिबी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ।