काठमाडौं । आज षुस महिनाको १७ गते मंगलबार साताको तेस्रो दिन तथा कारोबारको दोस्रो दिन निरन्तर घट्दोक्रममा रहेको नेप्से तेस्रो दिन समेत ओरालो लागेको छ ।

आज बजार ३०.०५ अंकले घटेर २०३० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से ओरालो लाग्दा शिवम सिमेन्टस र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ।

सूचीकृत ३०५ कम्पनीको ११ करोड १८ लाख ५७ हजार ७ सय १२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्बमाथिको शेयर कारोबार भएको छ।

त्यसैगरी , सिटिजन लाइफ, सोनापुर मिल्स, एनआरएन इन्फ्रास्टक्चर, रिलायबल नेपाल, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, आइएमई लाइफ र सोल्टि होटलको आज सर्वाधिक कारोबार भएको छ।