काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार ३० अर्ब ८७ करोड ५० हजार रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले जेठ २३ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्न लागेको हो।साथै उसले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। उक्त ट्रेजरी बिल क्रमशःअसार १९ गते, भदौ १९ गते, मंसिर ९ गते २०८१ जेठ २२ गते परिपक्व हुनेछ।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।