काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार झण्डै २८ अंकले वृद्धि भएको छ । नेप्से सूचक बुधबार २७.९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । नेप्से उकालो लाग्दा सोनापुर मिनरल्स र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

यस दिन आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन एनर्जी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनटीसी, सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

नेप्सेमा आज ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.०८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.७० प्रतिशतले, इन्भेटमेन्ट समूहको उपसूचक २.१४ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०८ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरु २ प्रतिशत कमले बढेका छन् ।

आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने दर्जन हाराहारी कम्पनीको मूल्य ८ प्रतिशतले माथिले बढेको छ ।