काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले वैशाख महिनासम्ममा कुल ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको  तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा कुल बीमाशूल्क आर्जन ४.७८ प्रतिशतले बढेको छ ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले  २ अर्ब २ करोड ५१ लाख रुपैयाँ  बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यस अवधिमा कम्पनीको कुल बीमाशूल्क ३६.६७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको थियो ।

दोस्रो दोस्रो स्थानमा अजोड इन्स्योरेन्सले कुल १ अर्ब ७१ करोड रुपैयाँ बीमाशूल्क आर्जन गर्न सफल भएको छ। यस अवधिमा कम्पनीको  कुल बीमाशूल्क आर्जन २७.९५ प्रतिशतले बढेको छ ।

तेस्रो स्थानमा  रहेको सानिमा जिआईसी इन्स्योरेन्सले  कुल बीमाशूल्क १ अर्ब ८२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। यस अवधिमा कम्पनीको  बीमशुल्क १६.२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा नेशनल इन्स्योरेन्सको १०.५६, आइ मई प्रुडेन्सियलको ९.६५, प्रभुको ८, शिखरको ७.१४, एनएलजीको २.७९, ओरियन्टलको २.२६ र नेको इन्स्योरेन्सको १.८५ प्रतिशतले कुल बीमाशूल्क आर्जन वृद्धि भएको छ ।

समिक्षा अवधिसम्मा पाँच निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशूल्क आर्जन घटेको छ । यस अवधिसम्ममा युनाइटेड इन्स्योरेन्सको ९.९१ प्रतिशतले सर्वाधिक घटेको छ ।दोस्रो नम्बरमा मर्ज भई एकीकृत कारोबार गरेको सिद्धार्थ प्रिमियरको पनि कुल बीमाशूल्क आर्जन ४.२८ प्रतिशतले घटेको छ ।

वैशाख महिनासम्ममा सगरमाथा लुम्बिनीको ३.४२ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.६२ प्रतिशतले कुल बीमाशूल्क आर्जन घटेको छ ।यस अवधिसम्ममा नेपाल इन्स्योरेन्सको बीमाशूल्क  १.३४ प्रतिशतले घटेको छ ।