काठमाडौं। मारवाडी युवा मञ्च नेपालले दोस्रो साइक्लोथोन–२०२३ को आयोजना गरेको छ । “वातावरणको रक्षा हाम्रो दायित्व,हाम्रो प्रतिबद्धता“ भन्ने नारा सहित विश्व साइकल दिवस र विश्व वातावरण दिवसको उपलक्ष्यमा जुन १० तारिक अर्थात् जेठ २७ गते शनिवार यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

युवाहरू नै नेतृत्व गर्दै अगाडी बढ्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकहरूको भनाई रहेको छ । सो साइक्लोथोनमा सहभागी बन्नका लागी आफ्नो नाम रजिस्ट्रेसन गर्ने पहिलो २५० जनालाई निःशुल्क रुपमा कार्यक्रमबारे ब्रान्डीङ गर्ने उद्देश्यले तयार गरिएको टी–सर्ट, खाजा–नास्ता उपलब्ध गराउने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागी बन्नका लागि इच्छुकसँग माउन्टेन बाइक र उपयुक्त पोसाक अनिवार्य हुनुपर्ने छ । सो साइक्लोथोन काठमाडौँको वसन्तपुर दरबार स्क्वायरबाट बिहान ०७ः०० बजे सुरु हुनेछ । सबै सहभागीहरू बिहान साढे ६ बजे नै त्यहाँ पुगिसक्नु पर्ने छ ।

साइक्लोथोनको गोल्ड स्पन्सरका रुपमा टिप्–टप (गौतम स्विट) रहेको छ । साइक्लोथोनमा सहभागी हुन कार्यक्रम संयोजक सुरज अग्रवाल ९८४६६५९६९२ सँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन् ।