काठमाडौं ।नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा विस्तार गरेको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा ४६ करोड ४५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा गत वर्ष ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै जीवन बीमा व्यवसायतर्फको नोक्सानी यो वर्ष १७ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ ।यस अवधिमा गत वर्ष ४ करोड ४७ लाख ५६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो। साथै कम्पनीले पुस मसान्तसम्म निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ अर्ब १७ करोड ४० लाख ४२ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै यो वर्ष १ जीवन बिमा व्यवसायबाट अर्ब ८४ लाख ९६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा जीवन बिमा व्यवसायबाट ७८ करोड ४० लाख १८ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
पुस मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ५ अर्ब ८९ करोड १० लाख ५ हजार रुपैयाँ र जीवन बिमातर्फ २८ करोड ७६ लाख ८७ हजार रुपैयाँ जम्मा भएको छ । निर्जीवन बीमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५४ पैसा रहेको छ । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।