काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकको चैनपुर, इटहरी र कुमारीपाटी शाखा कार्यालयहरुबाट ऋणीहरुले कर्जा लिदाका बखत गरेको लिखत सम्झौता बमोजिम समयमा नै साँवा, ब्याज भुक्तान नगरेकोले बैंकले उक्त ऋणीहरुको सम्पत्ति लिलाम गर्न लागेको हो ।

सम्झौताबमोजिम समय समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर चुक्ता भुक्तान गर्न पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत ऋण कर्जा चुक्ता भुक्तान नगरेकोले ३५ दिने सूचना जारी गर्दा समेत ऋणीहरुले उक्त समयमा पनि कर्जाको साँवा, ब्याज नतिरेको हुँदा बैंकले पुन १५ दिने सूचना जारी गरेको हो ।

बैंकले उक्त ऋणीहरुलाई १५ दिनभित्र आफुले तिर्न बाँकी रहेको साँवा र ब्याज रकम भुक्तानी गर्न अनुरोध गरेको छ । यदि सो मितिभित्र समेत सम्बन्धीत ऋणीहरुबाट कर्जा भुक्तान नभएमा बैंकले ऋणीहरुको सम्पत्ति लिलाम गर्ने जनाएको छ ।