काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न २३ औं वार्षिक साधारण सभा/अधिवेशनबाट दुगड दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।
सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानीलाई पनि सर्वसम्मत चयन गरेको छ ।
यस्तै, सभाले महासचिवमा राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
सभाले निम्न निर्णयहरु पारित गरेको छ :
क) मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुबिधा दिन पहल गर्ने ।
,
ख) नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालिन नीति गर्जुमा गर्ने ।
ग) मैदाको कच्चा पदार्थ गहुं नेपालको उत्पादनले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने ।
घ) मैदा नेपालमा आत्मनिर्भर भैसकेकोले विदेशबाट मैदा आयातको आवस्यक नपर्ने ।
ङ) नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने ।
च) बैकब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने ।
छ) उद्योगकै नाममा गहुं आयात गर्दा भन्सार दर १५ हुन पर्ने । जसले उद्योग Survive गर्न सहज हुने ।
ज) बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्ने ।
झ) गहुं र मैदा आयातको भन्सार मुल्याङ्कन परिमार्जन गर्ने ।
ञ) मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्ने ।
ट) लगभग १७०० करोड लगानी रहेको मैदा उद्योगले प्रत्यक्ष रुपमा ४ हजार भन्दा बढीलाई रोजगारी दिईरहेको र किसान परिवालाई पनी फाईदा हुने हुंदा नेपाल सरकारबाट मैदा उद्योगलाई उचित संरक्षण भएमा देशको औद्योगिक क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने थियो ।