ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरुले ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्वलन गरेका छन् ।

भारतले नयाँ बनेको संसद् भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका भू–भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेसँग युवाहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् ।