काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई शुक्रबार घुससहित पक्राउ गरेको हो ।

उनले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ। उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।