काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश नलिएका शेयरधनीहरूलाई कम्पनीले रकम लिन आग्रह गरेको हो ।

कम्पनीले लाभांश रकम लिनका लागि शेयरधनीहरूलाई सूचना प्रकाशित गरेको मितिबाट एक महीनाभित्र कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ ।