काठमाडौं । केन्द्रीय बैंकले शुक्रबार आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । साउनदेखि वैशाख मसान्तसम्मको कूल १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले अधिकांश आर्थिक सूचकहरु सकारात्मक रहेको जनाएको छ ।
१० महिनामा मुलुकको शोधनान्तर स्थिति (बीओपी) २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको देखाएको बैंकले सोही अवधिमा चालु खाता घाटा पुर्तिमा समेत उल्लेखनिय सुधार आएको जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.४ प्रतिशतले बढ्दै १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ भित्रिएको जनाएको छ । १० महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति १५ खर्ब हारहारी पुुग्दैगर्दा यसले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तुु तथा सेवाको आयात धान्न पुग्ने बैंकले जनाएको छ ।
समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति (बजार महंगी) समेत घटेर ७.४१ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

यस्तो मुख्य मुख्य आर्थिक सूचकहरु :-
१.वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम
२.आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ
३.विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.४ प्रतिशतले वृद्धि
४.शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा
५.विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ
६.संघीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ र राजस्व परिचालन ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ

पछिल्लो महिना अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेखनिय सुधार आएको देखिएपनि आन्तरिकतर्फ अझैं सुधार आउन सकेको छैन ।